सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ आज पनि बढ्यो

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 300
    SHARES
  • सुनको भाउ आज पनि बढ्यो

    साताको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि गत आइतबार (चैत ५ गते) प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यो सुनको भाउले कायम गरेको हालसम्मकै उच्च स्तर हो ।

    हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

    images