सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेको स्थायी कमिटी बैठक स्थगित 

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 250
    SHARES
  • एमालेको स्थायी कमिटी बैठक स्थगित 

    भदौ २६ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

    images

    विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको छलफल भइनसकेकाले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो । स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    भट्टराईले बैठकमा देशभरबाट करिब तीन हजार प्रतिनिधि हुने प्रस्ताव आएको भन्दै यसको टुङ्गो लगाउनका लागि आजै साढे ३ बजे बैठक बस्ने बताए । आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधानका बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र साङ्गठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईले बताए ।

    images

    भट्टराईले नेकपा एमालेले एमसिसीको सम्झौतामा भएका कतिपय प्रावधानहरूलाई पुनःव्याख्या गर्नुपर्ने भएकाले नेपालको हित बनाउनुपर्ने कुराहरू रहेकाले केही कुराहरूलाई संशोधन गरेर मात्रै एमसिसी अगाडि बढाउने बताए ।