भदौ २६ जुम्ला । सुख्खा पहिरोका कारण कर्णाली राजमार्गको जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको लुम्सेरा नजिक सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि साना ठुला यात्रु बाहक तथा मालवाहक सवारी जाम परेका छन् भने यात्रुहरू अलपत्र भएका छन् । जुम्ला हुँदै सुर्खेत, नेपालग्ज जाने । जुम्ला तर्फ आउने सिञ्जा जाने सवारी अलपत्र परेका हुन् ।
बिहानै देखि सडक अवरुद्ध भए पनि पहिरो पन्छाउन ढिलाइ भएको बताएका छन् । त्यस्तै यात्रु तथा सवारी अलपत्र परेकाले चाँडो सडक सुचारु गर्न सरोकारवाला निकायलाई सुझाव दिएका छन् ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले पहिरो पन्छाउन मेसिन पहिरो गएको स्थानतर्फ पठाइएको बताएका छन् ।
.jpg)


