सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

एक्सप्रेस पाना
चैत्र १२, २०७९ आइतबार
  • 231
    SHARES
  • घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

    काठमाडौँ । साताको पहिलो दिन आज आइतबारा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । 

    images

    महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।

    यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम छ ।

    images