आइतबार, कार्तिक १६ गते २०८३
images
images

ताप्लेजुङमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 312
    SHARES
  • ताप्लेजुङमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

    ताप्लेजुङ, २६ भदौ।ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ । छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो । 

    images

    ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन् ।

    पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ ।

    images