आइतबार, कार्तिक १६ गते २०८३
images
images

युवापुस्ताको नेतृत्व गर्न पालिका सभापतिमा उम्मेद्बारी दिएको हुँ : पदम पाठक 

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 1.2K
    SHARES
  • युवापुस्ताको नेतृत्व गर्न पालिका सभापतिमा उम्मेद्बारी दिएको हुँ : पदम पाठक 

    -अभिनय कार्की 

    images

    भदौ २६, दोलखा । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा कालिन्चोक गाउँपालिकाको सभापतिमा पदमराज पाठकले उम्मेद्वारी दिएका छन् । युवा नेता तथा समाजसेवी पदमराज पाठकले भोलि हुन लागेको पालिका स्तरीय महाधिवेशनमा युवा पुस्ताको आवश्यकता रहेको र युवाले देशको नेतृत्व गर्नुपर्छ भन्दै आफूले सभापतिको लागि उम्मेद्बारी दिएको बताएका छन् ।

    गाउँ गाउँमा सिंहदरबार पुगेको भनिएता पनि जनताहरुको अपेक्षा अनुसार काम नभएको र प्रदेश देखि जिल्ला हुँदै हरेक स्थानीय तह-हरुमा युवा नेतृत्वको आवश्यकता भएको देखेको छु-उनले थप्दै भने, वर्तमान परिस्थितिमा नेपाली राजनीति चरम दुर्गन्धित बनेको छ । देशको मान मर्म नभेटीएको र यसको विरोध युवाहरूले गर्नुपर्नेछ । हाम्रो समाजमा देखिएको समस्याका विषयहरुलाई एक एक गर्दै खोजीखोजी  अन्त्य गर्नको लागि समेत आफूले उम्मेद्बारी दिएको बताएका छन् ।

    images


     तरुण दल जिल्ला सदस्य रहेका पाठक जिल्लामा युवा नेताका रुपमा परिचित छन। हाल कालिन्चोक गाउँपालिकाका पार्टी सचीव रहेका पाठकले विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउने पहिलो उदेश्य रहेको उनले बताए । काङ्ग्रेस भित्र भएका
    विकृती र गुटबन्दी हटाउँन समेत आफुले उम्मेदवारी दिएको पाठकले बताए ।
    गाउँगाउँमा गएर कार्यकताको चाहना र भावना अनुसार काम गर्ने मेरो प्रतिबद्धता जनाउदै पाठकले अब काङ्ग्रेसको जुनसुकै तहको नेतृत्वमा युबाहरु आउनुपर्ने बताए। आगामी निर्वाचनमा काङ्ग्रेसलाइ जिताउन युबाहरुको आवश्यकता रहेकोले काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा कालिन्चोकको सभापतिमा निर्बाचित गराउन पाठकले आग्रह समेत गरे ।