सोमबार, कार्तिक १७ गते २०८३
images
images

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 340
    SHARES
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

    काठमाडौँ । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो ।

    images

    सोमबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    images