मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 200
    SHARES
  • सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

    सत्ता गठबन्धनको बैठक आज बेलुका ४ बजे बस्दैछ ।

    images

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटले आज गठबन्धनको बैठक बोलाउने निर्णय गरेको थियो ।

    १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  त्यसअघि गठबन्धनसम्बद्ध दलहरूको आन्तरिक बैठक बस्नेछ ।

    images

    सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।