मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 187
    SHARES
  • सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

    सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । मंगलबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बस्न लागेको हो । 

    images

    मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफलभ भए पनि कुनै सहमति हुन सकेको थिएन । साथै सो बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा समेत पेश गरिएको थियो । 

    सो बैठकमा सत्ता साझेदारमा ठुलो दल नेपाली कांग्रेसले आठ मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३-३ र लोसपाले दुई मन्त्रालयको दाबी गरेका छन् । 

    images

    पार्टी भित्रका आकांक्षीलाई चित्त बुझाउन दलहरुले बढी मन्त्रालय मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुस्किल परिरहेको छ । 

    त्यस्तै सत्ता गठबन्धनमा गृहमन्त्रालय पनि पेचिलो बनेको छ । कांग्रेस र एकीकृत समाजवादीले गृहमन्त्रालय आफुले पाउनुपर्ने बताएका छन् भने प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्रालयमा आफ्नै पार्टीमा राख्न खोजेका छन् ।  गृहमा मिलेसम्म हालका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउन प्रचण्डको प्रयास रहेको छ ।

    बैठक बिहान ९ बजे बस्दै छ ।