मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अझै निष्कर्षमा पुग्न सकेन गठबन्धनको बैठक, दिउँसो फेरी बस्ने

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 193
    SHARES
  • अझै निष्कर्षमा पुग्न सकेन गठबन्धनको बैठक, दिउँसो फेरी बस्ने

    काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । 

    images

    मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । बुधबार अपरान्ह ३ बजे बैठक बस्नेगरी सकिएको छ । 

    बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।

    images

    गठबन्धनमा भागबण्डामा कुरा नमिल्दा निष्कर्षमा पुग्न नसकेको देखिएको छ । एकीकृत समाजवादीले गृह वा भौतिक पूर्वाधार मन्त्रालयसहित कम्तिमा तीन मन्त्रालय मागेपछि सहमति हुन नसकेको बुझिएको छ ।

    यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले छलफल भइरहेको छ ।