सोमबार, कार्तिक १७ गते २०८३
images
images

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

एक्सप्रेस पाना
चैत्र १७, २०७९ शुक्रबार
  • 515
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?

    काठमाडौँ । साताको अन्तिम कारोबारको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो ।

    images

    बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो । बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    images