मंगलबार, कार्तिक १८ गते २०८३
images
images

वाग्ले र खरेललाई हराउने परिकल्पना देशले गर्न सक्दैन : रवि लामिछाने

एक्सप्रेस पाना
चैत्र १८, २०७९ शनिबार
  • 243
    SHARES
  • वाग्ले र खरेललाई हराउने परिकल्पना देशले गर्न सक्दैन : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने क्षमतावान व्यक्तिहरुलाई राजनीतिमा ल्याएर देशको सेवा गर्ने जिम्मेवारी दिने बताएका छन् ।

    images

    रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले डा. स्वर्णिम वाग्ले र रमेश खरेल जस्ता क्षमतावान व्यक्तित्वलाई पार्टीमा जोड्ने यस घटनाले देशलाई नै नयाँ आशा र भरोसा दिएको बताए ।

    लामिछानेले आउदा दिनमा देशमा रहेका क्षमतावान अन्य व्यक्तित्वहरु पार्टीमा जोडिने बताउदै डा. वाग्ले र खरेललाई सांसद बनेमा संसदले नै गर्व गर्ने बताए ।

    images

    उनले यो देशले डा. वाग्ले र खरेललाई हराउने परिकल्पना गर्न नसक्ने बताउदै उहाँहरु कमाउन र आफ्नो स्वार्थ पुरा गर्न राजनीतिमा नआएको बताए ।