काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम गरेको हो ।
शुक्रबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो।शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
.jpg)


