मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 235
    SHARES
  • राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

     राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल महाराजगन्ज पुगेका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड गएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

    images

    भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्डले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ ।