सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेयर बजार घट्याे

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 194
    SHARES
  • सेयर बजार घट्याे

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।

    images

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ । यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    images

    यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ । 

    सिवम सिमेन्ट दोश्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सुचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ । 

    आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।