आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीजको नाच हेर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 250
    SHARES
  • तीजको नाच हेर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार

    भदौ २७ काठमाडौं । दाङमा तीजको नाच हेर्ने गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो।

    images

    ती किशोरी २३ गते बुधबार राती तीजको नाच हेरेर फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

    बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीको टोलीले बलात्कार गर्ने तिनै जनालाई नियन्त्रणमा लिएको र उनीहरुको नाम भने सार्वजनीक नगरेको एसपि काफ्लेले जनाए।

    images