सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतितोला एक हजारले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र २१, २०७९ मंगलबार
  • 203
    SHARES
  • प्रतितोला एक हजारले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।