सोमबार, कार्तिक १७ गते २०८३
images
images

जीपको ठक्करबाट ६ बर्षीय बालको मृत्यु

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 363
    SHARES
  • जीपको ठक्करबाट ६ बर्षीय बालको मृत्यु

    भदौ २७ स्याङ्जा । स्याङ्जामा जीपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका १० राङखोलास्थित समाताटोलका सुमन गुरुङका ६ वर्षीय छोरा आयोन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शनिबार बेलुका राङखोला समाताटोल भित्री सडक खण्डमा राङखोलाबाट जाँदै गरेको लु१च ६०७९ नम्बरको जीपले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।

    जीप चालक पुतलीबजार नगरपालिका १० राङखोला बस्ने २८ वर्षीय निरज शाही फरार रहेकोले खोजतलास गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले जीपलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images