आइतबार, कार्तिक १६ गते २०८३
images
images

पत्रकार प्रियदर्शीको शालिक अनावरण

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 328
    SHARES
  • पत्रकार प्रियदर्शीको शालिक अनावरण

    भदौ २७ सिन्धुपाल्चोक । पत्रकार कञ्चन प्रियदर्शीको स्मृतिमा पिपलडाँडामा शालिक निर्माण गरिएको छ । बागमती प्रदेशसभा सदस्य युवराज दुलालले शनिबार शालिकको अनावरण गर्दै प्रियदर्शीले पत्रकारिता र साहित्यको माध्यमबाट समाज परिवर्तनका लागि व्यतित गरेको अमूल्य समयलाई भुल्न नहुँने बताए ।

    images

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा नेता माधव सापकोटा, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी, जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, साहित्यकार रमेश पौडेल, हेमन प्रधान, दिल कार्की, मात्रिका पोखरेल, बाबा बस्नेतलगायतले आ–आफ्नो साहित्यिक सिर्जनासमेत प्रस्तुत गरेका थिए ।

    त्यस्तै शब्द सारथिका अध्यक्ष अमित घिमिरे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले प्रियदर्शीको पत्रकारिता र साहित्यिक योगदानका बारेमा कार्यक्रममा चर्चा गरेका थिए । कार्यक्रममा शालिक एवं उद्यान निर्माणमा महत्वपूर्ण योगदान पुयाउनुभएका प्रदेशसभा सदस्य दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र कलाकार कृष्णहरि शङ्खदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा आयोजित खुला कविता प्रतियोगितामा नवराज रायमाझी, सुष्मा तिमल्सिना र कृष्णप्रसाद धिताल क्रमशः प्रथम, द्वितीय र तृतीय तथा रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरेका थिए ।

    images