सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, पुग्यो १ लाख ११ हजार

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 299
    SHARES
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, पुग्यो १ लाख ११ हजार

    काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    images

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेको हो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    images