काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका प्रवक्ता सन्जिप राईले नक्कली भुटानी सरणार्थी बनाइ ठगी गिरोहमा संलगन एमाले नेताहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रवक्ता राईले सामाजिक संजाल मार्फत नक्कली भुटानि सराणर्थि बनाइ अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवाहरुलाई ठुलो गिरोहले करोडौं रकम ठगि गरेको साथै पुर्वगृहमन्त्री राम बहादुर बालदको प्रमुख सल्लाहकार र एमाले सचिव एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीको प्रत्यक्ष समलग्नता रहनु आफैमा गम्भीर विषय भएको भन्दै एमाले जस्तो पार्टीका पदाधिकारीहरु साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरुले मानव तस्करी जस्तो गलत कार्य गर्नु त्यतिकै संबेदनसिल भनि गम्भीर अपराध गरेको आरोप लगाएका छन् ।
ठगिमा परेका पीडित युवाहरूलाई कानुन बमोजिम सबै तहको सहयोग गर्न युवा संघ नेपाल प्रतिबद्धता व्यक्त गर्दै यो अपराधमा जोडिएका सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई लगायत सम्लग्न सबैलाई अविलम्ब पक्राउ गरि, सत्यतथ्य छानबिन गरि कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार सङ जोडदार माग समेत गरेका छन् ।
केही दिन अगाडी मात्र ठगीमा समलग्न मतियारहरुलाइ प्रहरीले पक्राउ गरेछन् । एमाले नेता तथा पुर्वगृहमन्त्री राम बहादुर थापाको छोरा प्रतीकको नाममा उजुरी परेको छ ।
.jpg)


