सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकले बर्फी स्वीट्समा १० प्रतिशत छुट पाउने

एक्सप्रेस पाना
चैत्र २४, २०७९ शुक्रबार
  • 246
    SHARES
  • एनआईसी एशिया बैंकका ग्राहकले बर्फी स्वीट्समा १० प्रतिशत छुट पाउने

    ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई न्यूरोड, काठमाडौंमा अवस्थित केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ । 

    images

    सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्री श्याम प्रसाद लामिछानेज्यू र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालज्यूले हस्ताक्षर गर्नुभयो । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै सम्पन्न उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहक महानुभावहरू एवं बैंकका कर्मचारीहरूले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नुहुनेछ ।