काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी छोडेको घोषणाा गरेका हुन् ।
यही १४ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकबाट उनलाई चैत सातदिने स्पष्टीकरण सोधिएको थियो । उनी पार्टीमा तेस्रो वरीयतामा थिए ।
उनले आफू अब एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए ।
उनले सम्मानित नेता झलनाथ खनालसमेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबी गरेका छन् ।
.jpg)


