सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 256
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ ।

    images

    आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।