सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल राष्ट्र बैंकले गर्‍यो चार विकास बैंकलाई कारबाही

एक्सप्रेस पाना
चैत्र २९, २०७९ बुधबार
  • 271
    SHARES
  • नेपाल राष्ट्र बैंकले गर्‍यो चार विकास बैंकलाई कारबाही

    नेपाल राष्ट्र बैंकले चार विकास बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो। 

    images

    यी चार वटै विकास बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा धेरै हुँदा कारबाही गरेको हो। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार र सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ। 

    राष्ट्र बैंकले चालु आवको दोस्रो त्रैमासमा सीडी रेसियो सीमाभन्दा माथि हुँदा यी बैंकलाई कारबाही गरेको जनाएको छ। 
    यसअघि पनि यी बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो। 

    images

    २०७९/०८० असोज मसान्तमा कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले १७ लाख ९३ हजार जरिवाना गरेको थियो।

    त्यसैगरी सोही अवधिमा सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार, नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार र सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार जरिवाना गरेको थियो।