मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल

एक्सप्रेस पाना
चैत्र ३०, २०७९ बिहीबार
  • 176
    SHARES
  • प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल

    ३० चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ।

    images

    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

    छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

    images

    जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।