मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भागबण्डामा कांग्रेसमा सहमति, कोइराला पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने

एक्सप्रेस पाना
चैत्र ३०, २०७९ बिहीबार
  • 176
    SHARES
  • भागबण्डामा कांग्रेसमा सहमति, कोइराला पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने

    काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भागका बाँकी मन्त्रीहरु छान्ने अन्तिम तयारीमा लागेको हो ।

    images

    सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच सहमति भएपछि बाँकी मन्त्री बनाउने तयारी गरेको हो ।

    कोइराला पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका छन् ।

    images

    कोइराला पक्षको आज बसेको बैठकमा नेता कोइराला र महामन्त्री गगन थापाले देउवासँग भएको सहमति बारे ब्रिफिङ गरेका थिए । 

    तर उपनिर्वाचन अघि सरकार विस्तार गर्ने वा निर्वाचन पछि गर्ने भन्ने अझै स्पष्ट भएको छैन । यसअघि सात पटक भएका सरकार पुनर्गठनमा पनि सरकारले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना भइरहेको छ ।

    कोइराला पक्षबाट मन्त्री बन्नेहरुमा धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार, बद्री पाण्डेको नाम चर्चामा रहेको छ ।

    त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिने सुरेन्द्र आचार्य पनि मन्त्री बन्ने चर्चामा रहेका छन् ।  

    त्यसैगरी सभापति देउवाले आफ्नो पक्षबाट एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।