सोमबार, कार्तिक १७ गते २०८३
images
images

८ सयले घट्यो सुनको भाउ

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 146
    SHARES
  • ८ सयले घट्यो सुनको भाउ

    काठमाडौं । २०८० सालको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । 

    images

    आइतबार तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।