मंगलबार, कार्तिक १८ गते २०८३
images
images

थपिदैँ एक मन्त्री र एक राज्यमन्त्री : शपथ आज दिउँसो तीन बजे

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 185
    SHARES
  • थपिदैँ एक मन्त्री र एक राज्यमन्त्री : शपथ आज दिउँसो तीन बजे

    काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आज विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट सांसद नारायणप्रकाश साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ ।

    images

    परराष्ट्र मन्त्रालयमा नवनियुक्त हुनुहुने मन्त्री साउदको शपथ ग्रहणको कार्यक्रम आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    साउदसँगै एक जना राज्यमन्त्रीले पनि आजै शपथ लिनुहुने भएको छ ।

    images

    प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच हिजो बालुवाटारमा काँग्रेसको भागमा परेको बाँकी मन्त्रालयहरूमा मन्त्री नियुक्तिका लागि सिफारिस गर्न छलफल भएको थियो । 

    पुस १० मा प्रधानमन्त्री हुनुभएका प्रचण्डले यसअघि पुस ११, माग ३, माघ २३, फागुन १४, १६ र चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएकाे छ । 

    आज साउद मन्त्री बन्नुभएको खण्डमा पनि पाँच वटा मन्त्रालय अझै रिक्त नै रहनेछन् । जसमा तीन मन्त्रालयमा नेपाली कांग्रेसले मन्त्री पठाउनुपर्ने छ भने एउटा जसपाको भागमा छ । यस्तै जनमतका मन्त्रीले राजीनामा दिएको स्थानमा को आउने भन्ने पनि टुंगो लागेको छैन ।