काठमाडौँ । नेकपा एमालेको वार्ता समितिले आफ्ना नेता भिम रावलसँग वार्ता गरेको छ । नेता रावलले पार्टीले बनाएको तीन सदस्यीय वार्ता समितीसंग आज वार्ता गरेको जानकारी दिएका छन् ।
एमालेमा लामो समयदेखि कुनै जिम्मेवारी नपाएका नेता रावलको असन्तुष्टि सम्बोधन गर्न भन्दै एमालेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापा सदस्य रहेको तीन सदस्यीय वार्ता समिती बनाएको थियो ।
नेता रावलले आज विहान खुलास्त वार्ता भएको भन्दै सकारात्मक परिणाम निकाल्ने गरी फेरी बस्ने सहमति भएको बताएका छन् ।
उनले भनेका छन्- 'आज विहान ९ देखि ११.३० बजेसम्म नेकपा (एमाले) के.क. उपाध्यक्ष विष्णु पौडेलजी, सचिव लेखराज भट्टजी, स्थायी कमिटी सदस्य कर्ण थापाजी र मेरो वीचमा पार्टी केन्द्रीय कार्यालयमा खुलस्त वार्ता भयो।सकारात्मक परिणाम निकाल्ने गरी फेरी बस्ने सहमति गरियो ।'
.jpg)


