काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।
ओलीले सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो स्वास्थ्यमा समस्या आएकाले उपनिर्वाचनको प्रचारमा सहभागी हुन नसकेको जानकारी दिएका छन् ।
ओलीले आफुलाई भाइरल ज्वरो आएको र अहिले अहिले म एन्टिबायोटिक औषधि सेवन गरिरहेको जानकारी दिएका छन् ।
ओलीले भनेका छन्- 'भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन ।'
.jpg)


