मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा

एक्सप्रेस पाना
बैशाख ४, २०८० सोमबार
  • 206
    SHARES
  • ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

    images

    एमाले अध्यक्ष ओली अस्वस्थ रहेकाले स्वास्थ्यलाभको कामना गर्दै ओली निवासमा शिर्ष नेताहरुबीच छलफलका लागि नेताहरु बालकोट पुगेका हुन् ।

    शिर्ष नेताहरुबीच संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    images

    विगत केहि दिनदेखि संबैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको र सोहि बैठकको निरन्तरतास्वरूप आहिले बैठक बसिरहेको छ ।