मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धननका शिर्ष नेताहरु तनहुँ जाँदै

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 202
    SHARES
  • गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धननका शिर्ष नेताहरु तनहुँ जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् । 

    images

    तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।

    आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति  जितप्रकाश आलेले जानकारी दिए । 

    images

    उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।