काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८ सदस्यीय प्रतिनिधि मण्डलसिहत रुस प्रस्थान गर्नुभएको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल, पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।
रुस प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका सांसदबीच सांसदबीच सम्झौता हुने बताउनुभयाे ।
उहाँले भ्रमणमा दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरूसमेत रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको बताउनुभयो ।
.jpg)


