काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले नयाँ बर्ष २०८० तथा ३३औं स्थापन दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिवार राजधानीमा आफ्नो स्थापना दिवसको अवसरमा एक कार्यमको आयोजना गरी भव्यताको साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले हाम्रो यस संगठन ३३औं वर्षमा प्रवेश गरेको अवसर आफू निकै खुसी भएको र यस बर्षमा सम्पुर्ण जिम्मेवार व्यक्ति तथा सबैमा शुभकामना ब्यक्त गर्नु भयो ।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा "संघीय निजामती सेवा ऐनका सवालहरु र आन्दोलन" विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रमुख सचेतक माननीय पदम गिरी रहनुभएको थियो ।

.jpg)


