काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
.jpg)


