मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 174
    SHARES
  • मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले  मधेश प्रदेश सरकारका मुख्यमन्त्री  सरोजकुमार यादवलाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ । 

    images

    यादवले आइतबार  बारा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको बेला  उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी  अनुमतिविना पचरौता नगरपालिका  गएको भन्दै स्पष्टीकरण सोधेको हाे । 

    आयोगले यादवलाई  उपनिर्वाचनको समयमा उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी  त्यहाँ किन गएको र त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २००९ को दफा ५ को उलङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।

    images