मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तनहुँ-१ अपडेट- स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम

एक्सप्रेस पाना
बैशाख ११, २०८० सोमबार
  • 190
    SHARES
  • तनहुँ-१ अपडेट- स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम

    प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् ।

    images

    अहिलेसम्म २९ हजार ८०२ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले ६ हजार ४०१ मतले अगाडी रहेका छन् ।  

    मतगणनाको पछिल्लो अपडेट अनुसार वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

    images

    त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् । 

    कुल ४२ वडा रेहको यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।