मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : रवि लामिछाने

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 264
    SHARES
  • सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् ।

    images

    चितवन-२ को उपनिर्वाचनमा विजयीउन्मुखरहेका लामिछाने चितवनमा पत्रकारसँगको कुराकानीका रकममा सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका हुन् ।

    उनले यसअघि सरकारमा रहदा न्यूनतम साझा कार्यक्रममा भ्रष्ट्राचारमाथि छानबिन गर्ने बुँदा राखिएको र अहिले त्यसलाई हटाइएकोले अब सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

    images

    उपनिर्वाचनमा जित नजिक पुगेका उनले भ्रष्टाचारविरुद्ध शसक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको बताए । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सक्ने सरकारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने बताए ।

    जारी मत गणना अन्तिम चरणमा आउदै गर्दा लामिछाने अहिले नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठभन्दा ३६ हजारभन्दा बढी मतान्तरले अगाडी रहेका छन् । कांग्रेसका उम्मेदवार श्रेष्ठले हार स्वीकार गर्दै लामिछानेलाई बधाई दिएका छन् । उनले जनताले परिवर्तन खोजेको बताउदै अब पुराना पार्टीहरुले काम गर्ने तरिका बदल्नुपर्ने बताए ।