मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपेन्द्रले अग्रता बढाए, धेरै पछि परे रमेश खरेल

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 477
    SHARES
  • उपेन्द्रले अग्रता बढाए, धेरै पछि परे रमेश खरेल

    बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।

    images

    पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले ८ हजार ४८८ मत प्राप्त गरेका छन् । अहिले यादव ४ हजार ३६० मतले अगाडी रहेका छन् ।

    त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले १९९१ मत प्राप्त गरेका छन् ।

    images

    त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १०२२ मत प्राप्त गरेका छन् । 

    बारा–२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।