मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 202
    SHARES
  • गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि आव्हान गरेका हुन् ।

    images

    नयाँ सरकारको दाबि पेश गर्न प्रदेश प्रमुखको कार्यालयले तीन दिनको समय दिएको छ । 

    एमाले नेता खगराज अधिकारीको नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । 

    images

    ६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र स्वतन्त्र सांसदको सहभागिता रहेको छ ।

    गण्डकीमा अब केन्द्रको गठबन्धनमा रहेका दलहरुले नै सरकार बनाउने तयारी गरेका छन् ।