बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
मत गणनाको अन्तिम परिणाम अनुसार जसपा अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गरेका छन् ।
त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन् ।
बारा–२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको थियो ।
.jpg)


