शनिबार, भाद्र २७ गते २०८३
images

लोकगायिका विष्णु माझीबारे मानव अधिकार आयोगको चासो

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 265
    SHARES
  • लोकगायिका विष्णु माझीबारे मानव अधिकार आयोगको चासो

    भदौ २८ काठमाडौं । लोकगायिका विष्णु माझीबारे पछिल्लो समय विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । उनको गीत चरी जेलैमा हिट भइरहेको बेला उनको निजी जीवनमाथि धेरैले चासो देखाइरहेका छन् ।

    images

    धेरैले विष्णुलाई उनका श्रीमान् सुन्दरमणि अधिकारीले बन्धक बनाएको अनुमान लगाइरहेका छन् । कतिपयले विष्णु आफैँ राजीखुसी गुमनाम रहेको प्रतिक्रिया दिइरहेका छन् । यस्तैमा, राष्ट्रिय मानव अधिकार आयोगले पनि माझीबारे चासो दिएको छ । आयोगले आइतबार स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरीलाई फोनमार्फत् उनको अवस्था बुझ्न निर्देशन दिएको छ । 

    आयोगबाट आएको आदेश बमोजिम प्रहरी विष्णुको माइतीघर पुगेको थियो । तर, घरमा कोही पनि नभेटिएको प्रहरीले जनाएको छ । बुझिएअनुसार, विष्णु पोखरामा बस्छिन् । त्यसैले आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि विष्णुबारे बुझ्न निर्देशन दिएको थियो ।

    images

    ुसालको पात बोलको गीत लोकप्रिय बनिरहेको समयमा पनि विष्णुमाथि विभिन्न चासोहरु देखिएका थिए । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलाई कार्यालयमा बोलाएर सोधपुक्ष गरेका थिए । विष्णुले आफू राजीखुसी गुमनाम बसेको बयान दिएकी थिइन् ।