काठमाडौं ।गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदको आज शपथ हुदैँछ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुको आज शपथग्रहण हुन लागेको हो ।
उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।
आज बिहान ठिक ११: ३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।
.jpg)


