सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

एक्सप्रेस पाना
बैशाख १५, २०८० शुक्रबार
  • 195
    SHARES
  • एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

    आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

    images

    आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नुहनेछ। ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको हो ।