गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्री नियुक्त भएर शपथ लिएका छन् । मन्त्री बन्नेमा माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी रहेका छन् ।
पाण्डे बिहीबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए । सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पहिले कांग्रेसलाई मुख्यमन्त्री दिइएको हो ।
६० सदस्यीय प्रदेश सभामा पाण्डेलाई कांग्रेसका २७ सहित माओवादीका ७ र एकीकृत समाजवादीका एक गरी ३५ सांसदको समर्थन रहेको छ ।
.jpg)


