मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संसद् अधिवेशन अन्त्य

एक्सप्रेस पाना
बैशाख १५, २०८० शुक्रबार
  • 149
    SHARES
  • संसद् अधिवेशन अन्त्य

    काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।

    images

    राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका छन् ।

    सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाएका थिए ।

    images

    प्रतिनिधि सभाको बैठक भने एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयमा विवाद भएपछि आधाघण्टाको लागि स्थगित भएपनि अहिलेसम्म सुचारु हुन सकेको छैन ।