मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

एक्सप्रेस पाना
बैशाख १७, २०८० आइतबार
  • 266
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् ।

    images

    पुन: निर्वाचित भएसँगै लामिछानेले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका हुन् ।

    images

    यसैबीच रास्वपाले आफ्नो संसदीय दलको बैठक सोमबारका लागि बोलाएको छ । 

    बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल हुने बताइएको छ ।  शुक्रबार सांसद पदको शपथ लिए पछि सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए ।