सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैपटक १ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

एक्सप्रेस पाना
बैशाख २०, २०८० बुधबार
  • 228
    SHARES
  • एकैपटक १ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

    काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एकैपटक १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ ।

    images

    तेजावी सुनको भाउ पनि आज तोलामा १ हजार ७५० रुपैयाँले बढेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।

    images