भदौ २८ हुम्ला । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
हाल सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको छ । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गरेको र अहिलेसम्म नबेको बताइएको छ ।
स्थानीयका अनुसार मोबाइल चार्जदेखि अन्य विद्युत्बाट गरिने कार्य सबै प्रभावित भएको छ। सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ ।
.jpg)


